धादिङ १२ जेष्ठ
कोरोना सङ्क्रमणको दर बढेसँगै योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) धादिङले आफ्ना सबै तहका कमिटीहरुलाई कोरोना संकट व्यवस्थापन समितिमा रुपान्तरण गर्ने भएको छ । बुधबार बिहान भएको भर्चुअल बैठकबाट जिल्ला संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका स्तरीय तथा वडा स्तरीय कमिटीहरुलाई कोरोना सङ्कट व्यवस्थापन समितिमा रुपान्तरण गर्दै कोरोना संक्रमितहरुको उपचार र सेवामा सहयोगी भूमिका निर्वाह गर्ने संयोजक राजाराम रिजालले जानकारी दिनुभयो ।
वैठकले पालिका स्तरीय कमिटीका संयोजकहरुहरुलाई फोकल पर्सनको रुपमा जिम्मेवारी दिदै संघीय निर्वाचन क्षेत्र नं. १ को संयोजकमा राजकुमार कार्की र २ को संयोजकमा राजन अधिकारीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
यस्तै प्रतिगमन भाग–२ को बिरुद्धका सबै खाले आन्दोलनमा अग्र मोर्चामा रहँदै सबै खाले संघर्षका कार्यक्रममा सहभागिता जनाउने समेत निर्णय गरेको छ ।
वाइसिएल धादिङका संयोजक रिजालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथिको रुपमा ने.क.पा (माओवादी केन्द्र) धादिङका अध्यक्ष दल बहादुर बुर्लाकोटी(विजय) को प्रमुख आतिथ्यता तथा वाइसिएल केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर सिलवाल(मिलन)को विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस