धादिङ ११ जेष्ठ
प्रतिनिधिसभा विघटनका विरुद्धमा ने.क.पा. (माओवादी केन्द्र) धादिङका भातृ संगठनहरु एकै ठाउँमा उभिएका छन् । मंगलबार योङ् कम्युनिष्ट लिग नेपाल, धादिङ, अनेरास्ववियु (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्र, प्रेस संगठन नेपाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, अखिल नेपाल महिला संघ(क्रान्तिकारी) धाङिको बैठकले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै असंवैधानिक, गैरकानुनी संसद विघटनका विरुद्धमा डटेर प्रतिवाद गर्न सम्पूर्णमा आग्रह गरेको छ ।
मध्यरातको संसद विघटनको घटनाले राष्ट्रपति मुलुक, लोकतन्त्र र संविधानको संरक्षक होईन केबल तानाशाही र प्रतिगमनको मतियार ओली गुटको संरक्षक हुन भन्ने प्रमाणित भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) निकट सबै जनवर्गीय संघठनका तर्फबाट कोरोना महामारी र निषेधाज्ञका बीच स्वास्थ्य सर्तकर्ता अपनाउदै पार्टी केन्द्रले तय गरेका संघर्षका कार्यक्रममा सहभागिता जनाउन पनि आग्रह गरिएको छ ।
विज्ञप्ती
प्रतिक्रिया दिनुहोस