धादिङ ११ जेष्ठ
कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण धादिङका शैक्षिक व्यक्तित्व कृष्ण प्रसाद दाहालको निधन भएको छ । कोरोना सङक्रमणपछि त्रिशुली अस्पतलामा उपचार गराइरहनु भएका दाहालको मङ्गलबार निधन भएको हो ।
लामो समय धादिङको शैक्षिक क्षेत्रमा योगदान पु¥याउनु भएका दाहाल विशिष्ट श्रेणीका शिक्षक थिए । राष्ट्रिय मानव अधिकार आयोग धादिङका अध्यक्ष तथा एन प्याब्सन धादिङका अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत रहेका दाहाल गणेश हिमाल क्याम्पस, धादिङ बोर्डिङ र न्यू धादिङ बोर्डिङका संस्थापक र लगानीकर्ता समेत हुन् ।
प्रतिक्रिया दिनुहोस