धादिङ,११ जेठ ।
धादिङबेशीको कोभिड–१९ अस्पताललाई One Heard World Wide सामाजिक सस्थाले १० वटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ । सोमबार उक्त सामाजिक संस्थाका सुर्य भट्ट र प्रतीक्षा राईले धादिङ अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र अस्पतालका मेडिकल सुपरिटेन्ड डा. त्रिभुवन चन्द्र झा लाई १० वटा अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको अस्पतालका सुचना अधिकारी बिक्रम विश्वकर्माले जानकारी दिनुभयो । हालसम्म अस्पतालमा १ सय ६१ वटा अक्सिजन सिलिन्डर रहेको छ र १३ वटा अक्सिजन सिलिन्डर भने काम नलाग्ने अवस्थामा रहेको विश्वकर्माले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस