धादिङ १० जेष्ठ
प्रतिनिधिसभा विघटनका विरुद्धमा धादिङका ४ दल एकै ठाउँमा उभिएका छन् । सोमबार नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल धादिङले संयुक्त विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक कदमको बिरुद्ध संघर्षमा होमिन आम जनसमुदायलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस धादिङको कार्यालययमा बसेको ४ दलका जिल्ला स्तरीय नेताहरुको बैठकले एक प्रेस वक्तव्य जारी गर्दै प्रतिनिधीसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर भत्र्सना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा बदनियतपूर्ण किसिमले गरेको प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम बाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको वक्तव्यमा उल्लेख गरिएको छ । यस्तो महामारीमा राजनैतिक जगत र सिङ्गो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनुपर्ने समयमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैर जिम्मेवार कार्य भएको र यसबाट देश र जनताले झन बढी दःुख र कष्ठको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको वक्तव्यमा भनिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकतावद्ध भई सशक्त रुपमा प्रतिवाद गर्न आफुहरु प्रतिवद्ध रहेको बताईएको छ ।
वक्तव्यः
प्रतिक्रिया दिनुहोस