धादिङ १० जेष्ठ
प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्धारा जेष्ठ ७ गते मध्यराती गरिएको संसद विघटनको ने.क.पा. (माओवादी केन्द्र) धादिङले बिरोध जनाएको छ । आइतबार ने.क.पा. (माओवादी केन्द्र) धादिङका अध्यक्ष दल बहादुर बुर्लाकोटी(विजय)ले एक विज्ञप्ती सार्वजनिक गर्दै जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न त्याग र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, जनताको मौलिक अधिकार, सामाजिक न्याय लगायतका महत्त्वपूर्ण उपलब्धीहरुमाथि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले कुल्चिने कार्य गरेकाले त्यसको सशक्त प्रतिवाद गर्न आम नेता, कार्यकता र सचेत देशभक्त नागरिकहरुलाई आह्वान समेत गर्नुभएको छ ।
विज्ञप्तीमा ”प्रधानमन्त्री ओलीमा संघीय गणतन्त्र र समावेशी लोकतन्त्र बिरोधी दृष्टिकोण, सत्तास्वार्थ, पद र चरम व्यक्तिवादी महत्वकांक्षा चरित्रलाई बढवा दिँदै सत्ताप्राप्तिका लागि जस्तो सुकै चालबाजी र सडयन्त्र गर्ने प्रवृत्ति देखिएको र त्यसको अन्ध सहयोगीको रुपमा राष्ट्रपति भण्डारीको भूमिका देखिएकोले उक्त भूमिकालाई इतिहासले क्ष्यम्य गर्ने छैन” भनिएको हो ।
विज्ञप्ती :
प्रतिक्रिया दिनुहोस