धादिङ ०९ जेष्ठ
प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विद्या भण्डारीको दोस्रो असंबैधानिक कु का बिरुद्ध योङ्ग कम्युनिष्ट लिग धादिङले राँके जुलुस प्रर्दशन गरेको छ । आइतबार साँझ धादिङबेसीस्थित फिल्म हल चोकमा सामाजिक दुरी कायम गर्दै राके जुलुस प्रर्दशन गरिएको अध्यक्ष राजाराम रिजालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गत ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस