धादिङ ०९ जेष्ठ
धादिङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ पौवा घर भई वडा नम्बर ८ अमरावती स्थित दिदीको घरमा बस्दै आएका ४२ वर्षीय श्याम प्रसाद वस्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । आईतबार साँझ ६ः३० बजेको समयमा रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो । मृतकको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस