धादिङ ०९ जेष्ठ
कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीको अपुग भैरहको सन्दर्भमा धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला भने आफ्नो नीजि सवारी साधन प्रयोग गर्दै निरन्तर स्वाव परीक्षणका लागि खटिएका छन् । आफैमा एउटा स्वास्थ्यकर्मी पनि रहेका धमला आफ्नो नीजि सवारी साधन र इन्धनको प्रयोग गर्दै नियमित रुपमा प्रदेश प्रयोगशाला, धुलिखेलसम्म स्वाव बोकेर परीक्षणको लागि जाने गरेको अस्पतालका सूचना अधिकारी विक्रम वि.क बताउनु हुन्छ ।
अस्पतालको एम्बुलेन्स कोभिड सङ्क्रमित ओसार पसारको लागि प्रयोग भएको, अर्को सवारी साधन अक्सिजन सिलिन्डर र कोभिड १९ सँग सम्बन्धित सामग्री ओसार पसारका लागि प्रयोग भएकाले स्वाव परीक्षणका लागि धमलाले आफ्नै खर्चमा नीजि सवारी साधन प्रयोग गर्ने गरेका हुन् । हप्ताको प्रत्यक सोमबार र शुक्रबार बिहान ७ः३० देखि १०ः३० सम्म जिल्लामा स्वाव संकलन गरिने भएकाले पनि हप्ताको २ पटक परीक्षणको लागि प्रदेश प्रयोगशाला धुलिखेल जानुपर्ने बाध्यता रहेको छ ।
यति मात्र होइन धमलालेअस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालको लागि दाताहरुको खोजी गरी स्वास्थ्य सामग्री तथा बिरामीहरुलाई खाद्यान्न र सरसफाईका सामग्रीहरु समेत जुटाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस