धादिङ,०८ जेठ ।
धादिङमा शनिबार १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । थपिका संक्रमितहरुमा निलकण्ठका ४८, धुनिबेसीका ४५, गल्छीका १, गजुरीका १९, गंगाजमुनाका १३, थाक्रेका ९ र धादिङ्ग अस्पतालमा ३३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लामा कुल १ सय ६८ पोजिटिभ केश देखिएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या ९ सय ९० पुगेको छ । संक्रमित मध्ये ८ सय ५७ जना जिल्ला भित्र र १ सय ३३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यस्तै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ४०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट थप तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नीलकण्ठ नगरपालिकाका ८६ बर्षीय महिला र धुनिबेसि नगरपालिकाका ६३ र ५१ बर्षीय पुरुष रहेका छन् । यो संगै जिल्लामा संक्रमण बाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज जिल्लाका ३६ जना संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ३ सय ७३ पुगेको छ । आज निलकण्ठमा १२६ र गजुरीमा २४ गरी १५० जनाको स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस