धादिङ,०६ जेठ ।
धादिङमा बिहिबार थप १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा निलकण्ठका २, गल्छीका २१, गजुरीका ४, बेनिघाटका १, त्रिपुरासुन्दरीका ४९, गंगाजमुनाका २, खनियाबासका ३२, सिद्धलेकका १ र रुबिभ्यालीका ३ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्ला भित्र १ सय १५ पोजिटिभ केश देखिएको छ भने जिल्ला बाहिरको पोजिटिभ केशको संख्या २२ रहेको छ । जिल्ला भित्रको सक्रिय केश ७ सय ८५ र जिल्ला बाहिरको १ सय ३२ गरेर जिल्लाको सक्रिय केशको संख्या ९ सय १७ पुगेको छ ।
बिहिबार धादिङमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको छ । धुनिबेसीका ४८ बर्षीय र ७२ बर्षीय पुरुष र ज्वालामुखीका ५५ बर्षीय पुरुषको मृत्यु भएको हो । यो संगै जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ। यस्तै आजै ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २७ र ७ सय ४९ जना होम आइसोलेसनामा रहेका छन् । त्यसै गरि जिल्ला बाहिर होम तथा हस्पिटल आइसोलेसनमा १ सय ३२ जना रहेका छन् भने ज्वालामुखीमा आज २ सय ४१ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस