धादिङ,०६ जेठ ।
धादिङमा कोरोना संक्रमण बाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का एक पुरुष रहेको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनु भयो । उनको २०७७ साल चैत महिना देखि दुबै मृगौलाले काम नगरेपछि काठमाडौंको एक अस्पतालमा डाईलोसिस गराउँदै आएका थिए । केहिदिन देखि उनको स्वास्थ्यमा समस्या आएको र कोभिड १९ को संक्रमण पनि पुष्टि भएपछि बिहिबार साईबाबा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यो सँगै जिल्लामा संक्रमण बाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस