धादिङ,०५ जेष्ठ ।
धादिङमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा नीलकण्ठका ४, गल्छीका ४१, गजुरीका ४, बेनिघाट रोराङका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै गंगाजमुनाका १०, थाक्रेका ३२, रुवीभ्यालीका १५ जना गरी १ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय केश ८ सय ६२ पुगेको छ । संक्रमित मध्ये ७१५ जना जिल्ला भित्र र १४७ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् ।
यस्तै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ५१ पुगेको छ । नयाँ प्रोटोकल अनुसार १४ दिन आइसोलेसनमा बसेको डिस्चार्ज हुदा डिस्चार्ज हुनेको संख्या ४ सय ६६ रहेको छ । यससगैँ जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार १ सय ५७ पुगेको छ । यस्तै संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ रहेको छ । बुधबार निलकण्ठमा १ सय १६, रुबिभ्यालिमा ९, गंगाजमुनामा २८, गजुरीमा ११, बेनिघाटमा १०९ र धुनिबेसिमा ५३ गरेर ३ सय २६ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस