धादिङ ५ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङमा टुकी नेपाल समाजद्वारा संचालित ज्यामरुङ स्वास्थ्य परियोजनामा बिरामीहरुलाई मध्यनजर गर्दै बुधबार ५ वटा ठूलो अक्सिजन सिलिन्डर राखिएको समाजका अध्यक्ष कमल सपकोटाले बताउनु भयो । अक्सिजनको कमि भएका बिरामीहरुलाई तत्काल अक्सिजन आपूर्ति गर्न सकियोस् र एम्बुलेन्स नआउदासम्म बिरामीको जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यका साथ अक्सिजन राखिएको सापकोटाको भनाई छ । यदि नीलकण्ठ नगरपालिकाले अनुमती दिने हो भने साबिकको ज्यामरुङका टोल टोलमा घुम्ती सेवाबाट पिसिआर परीक्षण समेत गर्ने अध्यक्ष सापकोटाको भनाइ छ । टुकी नेपाल समाजले धादिङ लगायत मुलुकका विभिन्न जिल्लाहरुमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस