धादिङ,०४ ज्येष्ठ ।
धादिङमा पछिल्लो २४ घण्टामा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठका २, धुनीबेशीका ९, गल्छीका ३०, गजुरीका २ , बेनिघाट रोराङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै ज्वालामुखीका ३८, गंगाजमुनाका १,नेत्रावतीका २५, थाक्रेका २, सिद्धलेकका १,धादिङ अस्पतालमा २४ जना र पालिका नखुलेका २ जना गरी कुल १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । आज जिल्ला भित्र १ सय २६ र जिल्ला बाहिर ११ पोजिटिभ केश देखिएको छ ।
योसँगै जिल्लामा सक्रिय केश १ हजार १ सय ७० पुगेको छ । संक्रमित मध्ये ८ सय ८२ जना जिल्ला भित्र र २ सय ८८ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ८ सय ९३ पुगेको छ ।
आज ३१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ६ सय ९१ पुगेको छ । मंगलबार एकैदिन धादिङमा ५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । जसमा निलकण्ठ नगरपालिकामा २ जना पुरुष, धुनिबेसी नगरपालिकामा २ जना पुरुष र सिद्धलेक गाउँपालिकामा १ जना पुरुषको मृत्यु भएको हो । यो संगै जिल्लामा संक्रमण बाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । धुनिबेसी नगरपालिकामा १६, गल्छी गाउपालिकामा ७८, गजुरी गाउपालिकामा १०, रुबिभ्याली गाउपालिकामा ९ र गंगाजमुना गाउपालिकामा ३६ गरि आज जिल्ला भित्र १४९ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस