धादिङ,०४ जेष्ठ ।
धादिङमा मङगलबार कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा धुनिबेसी नगरपालिका वडा नम्बर ८ का ६८ वर्षीय एक पुरुष र वडा नम्बर ३ का ६० वर्षीय पुरुष रहेका छन् । मृतक दुबैको श्वासप्रश्वासमा समस्या देखिएको थियो र मङ्गलबार होम आइशोलेसनमा मृत्यु भएको धुनिबेसी नगरपालिकाले जानकारी दिएको छ । यो संगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस