धादिङ,०३ जेष्ठ ।
धादिङमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा नीलकण्ठमा ४७, धुनीबेसी नगरपालिकामा २, त्रिपुरासुन्दरीमा १ र जिल्ला बाहिरका २० जना सहित जिल्लामा ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्ला भित्र ७ सय ८० र जिल्ला बाहिर २ सय ८७ गरि जिल्लामा सक्रिय केशको संख्या १ हजार ६७ पुगेको छ । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ७ सय ५५ पुगेको छ । जिल्लाभित्र अस्पताल आइसोलेसनमा २५, संस्थागत आइसोलेसनमा गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, बेनिघाट रोराङ्गमा ८, रुबिभ्यालिमा २, धुनिबेसिमा १ र गजुरीमा ९ रहेका छन् भने होम आइसोलेसनमा ७ सय ३० जना रहेका छन् ।
यस्तै सोमबार थप १० जना कोरोना संक्रमित संक्रमणमूक्त भएसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या १ हजार ६ सय ६० पुगेको छ । आज निलकण्ठमा १ पुरुष, सिद्धलेक मा १ महिला र बेनिघाट रोराङ्गमा १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ र यो संगै जिल्लामा संक्रमण बाट मत्यु हुनेको संख्या २८ पुगेको छ । आज त्रिपुरासुन्दरीमा ७०, गंगाजमुनामा २१, नेत्रावतीमा ३, थाक्रेमा १२ र धादिङ्ग अस्पतालमा ६० गरि जिल्ला भित्र १ सय १६ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस