धादिङ,०२ ज्येष्ठ ।
धादिङमा आइतबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा नीलकण्ठका ४, धुनीबेशीका ११, गल्छीका २९, गजुरीका २, बेनिघाट रोराङका ६, ज्वालामुखीका २, त्रिपुरासुन्दरीका २, गंगाजमुनाका ४,नेत्रावतीका ३, थाक्रेका १, खनियाबासका १९, सिद्धलेकका ४, रुवीभ्यालीका १ र पालिका नखुलेका ८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आईतबार मात्रै जिल्ला भित्र ५६ र जिल्ला बाहिर ४० पोजिटिभ केश गरि कुल ९६ पोजेटिभ केश देखिएको हो । योसँगै जिल्लामा सक्रिय केशको संख्या १ हजार ९ पुगेको छ ।
संक्रमित मध्ये ७ सय ४२ जना जिल्ला भित्र र २६७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यस्तैै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ६ सय ८४ पुगेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा २५, संस्थागत आइसोलेसन गजुरीमा १०, धुनिबेसीमा १, बेनिघाट रोराङ्गमा ७, रुबिभ्यालीमा २ र त्रिपुरासुन्दरीमा ३ जना रहेका छन भने जिल्ला भित्र होम आइसोलेसनामा ६ सय ९४ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १८ र होम आइसोलेसनमा २ सय ४९ रहेका छन् । यसैगरी जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ६ सय ५० पुगेको छ भने मृत्यु हुनेको संख्या २५ पुगेको छ । आज निलकण्ठ नगरपालिकामा १ सय २५ र धुनिबेसी नगरपालिकामा १३ गरि जिल्ला भित्र १सय ३८ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस