धादिङ,०२ जेठ ।
धादिङको कोभिड अस्पतालमा रहेका विरामीहरुको लागि धेरै नागरिकहरुले केहि मात्रामा सहयोग गर्दै आएका छन् । त्यस्तैगरी शनिबार धादिङबेशी स्थित लक्ष्मी हार्डवयरका संचालक रमेश ढकालले कोभिड अस्पतालमा रहेका विरामीहरुको लागि सहयोग गर्नु भएको छ । व्यवसायी ढकालले ५० कार्टुन मिनरल वाटर, साबुन एक कार्टुन, ब्रस एक कार्टुन र पेष्ट एक कार्टुन सहयोग गर्नुभएको थियो । साथै धादिङ उद्योग वार्णिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले आफ्नो जन्मिदिनको अवसरमा अक्सिजन व्यवस्थापन गर्नको निम्ति रु. १२ हजार १ सय रुपिँया सहयोग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस