धादिङ,०१ जेष्ठ ।
धादिङमा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा बेनिघाट रोराङ गाउँपालिकाका १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या ९ सय १३ पुगेको छ । संक्रमित मध्ये ६ सय ८६ जना जिल्ला भित्र र २ सय २७ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या २ हजार ५ सय ८८ पुगेको छ । शनिबार थप १९ जना संक्रमित संक्रमण मूक्त भएसँगैे जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ६ सय ५० पुगेको छ ।
यस्तै शनिबार कोरोना संक्रमण बाट थप २ जनाको मृत्यु भए संगै संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । आज बेनिघाट रोराङ्गमा १ सय १६ र गल्छीमा ४४ गरि १ सय ६० स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस