धादिङ,०१ जेठ ।
धादिङमा कोरोना संक्रमण बाट थप दुई जनाको मृत्यु भएको छ । शनिबार मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर २ सिउडीबारका ८४ वर्षीय पुरुष र वडा नम्बर ३ की ५३ वर्षीय महिला रहेकी छिन । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण मृतक दुवै जनालाई त्रिशुली अस्पताल नुवाकोट रेफर गरिएको थियो । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । यस्तै शुक्रबार मात्रै धुनीबेसी नगरपालिकाका ५१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस