धादिङ,३१ बैशाख ।
धादिङमा शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा गल्छी गाउँपालिकाका ५, गजुरी गाउँपालिकाका ७ र थाक्रे गाउँपालिकाका १० जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यो सँगै जिल्ला भित्र सक्रिय केश ६ सय ९३ र जिल्ला बाहिरको सक्रिय केश २ सय २९ गरि जम्मा सक्रिय केशको संख्या ९ सय २२ पुगेको छ भने पोजिटिभ केश २२ देखिएको छ । त्यस्तै धुनिवेशी वडा नम्बर ६ मा ५१ वर्षीय पुरुषको मृत्यु भए संगै जिल्लामा संक्रमण बाट मृत्युहुनेको संख्या २३ पुगेको छ । आज नै २२ जना डिस्चार्ज भएका छन् । शुक्रबार ज्वालामुखी गाउँपालिकामा ५२ र जिल्ला अस्पताल धादिङ्गमा ७६ गरेर १ सय २८ स्वाब संकलन भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस