बैशाख,३१ ।
धादिङ लगाएत देशभर मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज मनाइँदैछ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । यो पर्वमा मुसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । यसवर्ष कोरोना महामारीका कारण अरु चाडपर्व र काजकर्मजस्तै इद उल फित्तर पनि स्वास्थ्य मापदण्डको ख्याल गर्दै मनाउन सरकारले आग्रह गरेको छ । मुस्लिम समुदायका अगुवाहरुले पनि भीडभाड नगरी र स्वास्थ्य मापदण्डको ख्याल गरी इद मनाउन ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस