धादिङ ३० वैशाख
बिहिबार धादिङका १ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकामा ८८ र गल्छी गाउपालिकामा १७ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै जिल्ला बाहिर भने १९ जनामा सङ्क्रमण पुष्टी भएको छ । बिहिबार धादिङका २० जनाले कोरोनालाई जितेका छन् । योसँगै सक्रिय सङ्क्रमितको जिल्ला भित्र सङ्ख्या ६ सय ८८ र जिल्ला बाहिर २ सय ३४ गरी जम्मा ९ सय २२ रहेका छन् । बिहिबार बेनिघाट रोराङ्ग गाउँपालिकामा ४८, गजुरीमा ३ र त्रिपुरासुन्दरीमा २५ गरेर ७६ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस