धादिङ, ३० वैशाख ।
धादिङ जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख ३१ गते बिहान ६ बजे देखि जेठ १५ गतेसम्म निषेधाज्ञा लब्याईएको छ । बिहिबार धादिङबेशीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले विश्वभर फैलदै गएको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथामका लागि बैशाख ३१ गते बिहान ६ बजेदेखि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लब्याउने निर्णय गरेको हो । धादिङ जिल्लामा पनि तीव्र रुपमा संक्रमण बढ्दै गएको सन्दर्भमा आवश्यक सर्तकता अपनाउन मन्त्रिपरिषद्को निर्णय बमोजिम जिल्लाभित्र सक्रिय संक्रमितको संख्या ८ सय नाघेकाले कोभिड १९ को जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा लब्याउने प्रशासनले निर्णय गरेको छ । बैठकले पशुपंछी र सोको लागि आवश्यक दाना, नर्सरीबाट बिरुवा उत्पादन घाँस तथा दाना उत्पादन, फलफुल तरकारी दुध र दुग्द्यजन्य पदार्थको उत्पादन, एग्रोभेट र भेटेनरी औषधी पसल, सरकारी तथा निजि क्षेत्रबाट संचालित स्वास्थ्य संस्था, औषधि पसल, कृषि सामाग्री, एम्बुलेन्स, दमकल, सवबहान, सुरक्षा निकायका सवारी साधन र बिरामी बोकेको सवारी साधन, खाद्य सामाग्री, पानि ग्यास पेटोलियम पदार्थ बोकेको ढुवानी साधन र बढीमा ५ जना कामदार रहने गरि सवारी साधन मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान मर्मत, प्लम्बिङ, इलेक्ट्रिक सेवा र पेटोल पम्प भने जुनसुकै बेला संचालन गर्न सकिने निणय गरेको छ ।
यसैगरी यस्तै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सबै प्रकारका सभा, आमसभा, जुलुस, सम्मलेन गोष्ठि, तालिम,सेमिनार जात्रा, महोत्सव, गैर खाद्यवस्तु बिक्रि गर्ने व्यावसायिक मल, पार्टी प्यालेस, दोहारी, नाचघर, क्लब हेल्थ क्लब, स्वीमिङ पुल, फनपार्क, हाटबजार, फुटसल,जिमखाना,सैलुन र व्युटीपार्लर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने निर्णय भएको छ । सार्वजनिक एंव निजि सवारी साधन एम्बुलेन्स, खानेपानि, स्वास्थ्य, संचारमाध्यम, रेडक्रस, खाद्यान्न , तरकारी ,फलफुल दुध तथा दुग्द्यजन्य पदार्थ, फ्रेस हाउस तथा मासु पसलहरु, बैँक तथा बित्तिय संस्था, दुरसंचार,विद्युत, फोहोरमैला व्यवस्थापन लगायतका सवारी साधन विषय उल्लेख गरि परिचयपत्र बोकेर संचालन गर्ने पाईने छ । बैठकलले सर्वसाधरण नागरिकहरुको लागि औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन,सरकारबाट जारी जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न, खाद्यान्न, फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसलहरु सकिने बिहान ६ बजे देखि ९ बजेसम्म खोल्न,टेक अवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कात्र सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया दिनुहोस