धादिङ ३० वैशाख
कोरोना सङ्क्रमितको उपचारका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिकाले २९ बेड आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको विभिन्न स्थानमा गरी २९ बेड आइसोलेशन र १२ वटा अक्सिजन सिलिन्डर, एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिनुभयो ।
वडा नं. ३ स्थित मलेखु धर्मशालामा २१ बेड, महादेवस्थान स्वास्थ्य चौकमिा २ बेड, बेनिघाट स्वास्थ्य चौकीमा २, चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २, जोगिमारा स्वास्थ्य चौकीमा २ बेडको आइसोलेशन तयार गरिएको हो । यस्तै गाउँपालिकामा १० वटा एम्बुलेन्स रहेको र तत्काल कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले प्रयोग गर्दै आएको गाडी तयारी अवस्थामा राखिएको छ बताउँदै संयोजक दुवाडीले आवश्यक पर्दा सबै एम्बुलेन्सहरुलाई प्रयोग गर्न सकिने बताउनु भयो ।
गाउँपालिकामा हाल ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेकोमा आइसोलेशनमा हाल ४ जना स्वास्थ्यकर्मीलाई खटाइएको पनि संयोजक दुवाडीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस