धादिङ २९ वैशाख
बुधबार धादिङका ३८ जनामा कोरोना पुष्टी भएको छ भने १ जनाको ज्यान गएको छ । थप कोरोना पुष्टि हुनेहरुमा जिल्लाको बेनिघाट रोराङ्गका ५, रुबिभ्यालिका ३१ र धादिङ्ग अस्पतालका २ गरेर ३८ जना रहेका छन् । यस्तै सिद्धलेक गाउपालिकाका ४९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसँगे जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
हाल जिल्लाभित्र सक्रीय सङ्क्रमितको सङ्ख्या ५ सय ९५ र जिल्ला बाहिर २ सय २३ गरेर कुल ८ सय १८ पुगेको छ । बुधबार नीलकण्ठ नगरपालिकामा ९६, त्रिपुरासुन्दरी गाउपालिकामा २५, थाक्रे गाउपालिकमा ६, गजुरी गाउपालिकामा ६ र नेत्रावती डबजोङ गाउपालिकामा ३५ गरेर १ सय ६८ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस