धादिङ २८ वैशाख
धादिङमा मङ्गलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । गजुरी गाउँपालिकामा ४, बेनिघाट रोराङ्ग गाउँपालिकामा २ र गंगाजमुना गाउँपालिकामा १ गरेर जिल्लाभित्र ७ जना र जिल्ला बाहिर १४ गरी २१ जना रहेका हुन् ।
मङ्गलबार धादिङमा ७ जना निको भएका छन् । योसँगै जिल्लाभित्र सक्रिय संक्रमितको सङ्ख्या ५ सय ५७ र जिल्ला बाहिर २ सय २३ गरेर ७८० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । गंगाजमुना गाउँपालिकामा १० र थाक्रे गाउँपालिकामा ९ जना गरी १९ जनाको स्वाव संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस