धादिङ जेष्ठ २२
विश्व वातावरण दिवसको अवसरमा बुधबार ज्वालामूखी गाउँ पालिका धादिङमा वृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । पालिकाका ७ वटै वडामा एकैसाथ गरिएको सरसफाइ कार्यक्रम गाउँ पालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाको नेतृत्वमा गाउँ पालिकाकी उपाध्यक्ष जानुका सिंखडा, प्रमुख प्रशासकीय अधिकृत वद्रिनाथ लम्साल लगायत गाउँ पालिकाका कर्मचारी र स्थानीयबासीहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । यस्तै ७ वटै वडामा सम्बन्धित वडाका वडा अध्यक्षहरु, सदस्यहरु, वडाका कर्मचारी तथा स्थानीय नागरिकहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । सफा र स्वस्थ ज्वालामूखी निर्माण गर्न गाउँ पालिका निरन्तर रुपमा लागेकाले आफ्नो टोल, घर वरिपरि, बजारक्षेत्र सबै ठाउँमा सरसफाई गरी सभ्य नागरिकको परिचय दिन अध्यक्ष तिमल्सेनाले सम्पूर्ण नागरिकहरुलाई आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस