धादिङ २८ वैशाख
धादिङका क्रसर व्यवसायीहरुले धादिङ अस्पतालको व्यवस्थापनमा सञ्चालनमा रहेको धादिङवेसीस्थित अस्थायी कोभिड अस्पतालका लागि ४७ वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । देशैभर अक्सिजन अभाव भई कोभिड १९ संक्रमितको उपचारमा समस्या देखिएको सन्दर्भमा क्रसर व्यवसायीहरुले कोभिड संक्रमण रहुन्जेल प्रयोग गर्ने गरी सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सिलिन्डरहरुमध्ये ४० वटा खाली रहेकाले रिफिलिङ गर्नका लागि जिल्ला अस्पतालमा रहेका ११ वटा सहित ५१ वटा खाली सिलिन्डर स्वस्तिक ग्यास उद्योग रामनगर चितवन पठाइएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ । सिलिण्डर रिफिल गर्ने र ढुवानी खर्च निर्माण व्यवसायी नारायण कुमार श्रेष्ठले व्यहोर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस