धादिङ २७ वैशाख
धादिङमा सोमबार ९४ जनामा कोरोना भाइरस पुष्टी भएको छ । जिल्लाको धुनिबेसी नगरपालिकामा २, गल्छी गाउपालिकामा ४८, गजुरी गाउँपालिकामा ६, ज्वालामुखी गाउपालिकामा १, नेत्रावती डबजोङ गाउपालिकामा ७, त्रिपुरासुन्दरी गाउँपालिकामा १४ र थाक्रे गाउपालिकामा १० गरेर आज जिल्लाभित्र ८८ र जिल्ला बाहिरको ६ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आज धादिङका १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
यस्तै जिल्ला अस्पताल धादिङले निर्माण गरेको आइसोलेशनमा रहेका एक ४० वर्षीय पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौँ रिफर गरिएकोमा उनको मृत्यु भएको छ । योसगैँ धादिङमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ ।
धादिङमा सोमबारसम्म सक्रिय संङ्क्रमितको संख्या ५५२ र जिल्ला बाहिरको सक्रिय संङ्क्रमितको संख्या २१५ गरेर जम्मा ७६७ पुगेको छ । आज धादिङ्ग अस्पतालमा ३४, थाक्रे गाउपालिकामा १८, गजुरी गाउपालिकामा १ र बेनिघाट रोराङ्गमा ६१ गरेर जिल्ला भित्र ११४ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस