धादिङ,२६ बैशाख ।
धादिङमा आईतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा नीलकण्ठ नगरपालिकाका ३ जना, धुनीबेशीका ८, गल्छीका ५, गजुरीका ४ जना, बेनिघाट रोराङका ३, ज्वालामुखीका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तैगरी त्रिपुरासुन्दरीका ४, गंगाजमुनाका १, नेत्रावतीका ३, थाक्रेका ४, सिद्धलेकका २ , रुवीभ्यालीका ६ जना र धादिङ अस्पतालका ३१ जनामा संक्रमण पुष्टि भएको हो । आईतबार जिल्ला भित्र ४४ र जिल्ला बाहिरको पोजिटिभ केश ३७ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय केशको संख्या ६८९ पुगेको छ । संक्रमित मध्ये ४८० जना जिल्ला भित्र र २०९ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार २७५ पुगेको छ । जम्मा संक्रमित मध्ये १ हजार २२७ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ८ सय ६४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो । यस्तै शनिबार नै धादिङका १० जना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १५६६ पुगेको छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या भने २० पुगेको छ।
प्रतिक्रिया दिनुहोस