धादिङ २६ बैशाख ।
धादिङबेसीमा रहेको अस्थायी कोभिड अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।नीलकण्ठ नगरपालिका वडा नं. २ घर भएका ७५ वर्षीय पुरुषको निधन भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द झाले पुष्टी गर्नुभयो । कोभिड १९ को गम्भीर संक्रमण देखिएको उनको अस्थायी कोभिड अस्पतालमा विगत १ हप्ता अगाडिदेखि अक्सिजनको सहयोगमा उपचार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस