धादिङ २५ वैशाख
विश्व रेडक्रस दिवसको अवसरमा शनिबार धादिङमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाले धादिङबेशीमा आयोजना गरेको सामुहिक रक्तदान कार्यक्रममा ११ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङले कोभिडको समयमा देखिएको चरम रगतको अभावलाई कम गर्ने उद्धेश्यले विभिन्न मेला, महोत्सव तथा सहकारी तथा संघ संस्थाहरुको वार्षिक साधारण सभाहरुमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस