धादिङ,२५ बैशाख ।
धादिङमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा गजुरी गाउँपालिकाका ४ ,थाक्रे गाउँपालिकाका ६ र गल्छी गाउँपालिकाका ७ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या ६१९ पुगेको छ । संक्रमित मध्ये ४४० जना जिल्ला भित्र र १७९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या २ हजार १९३ पुगेको छ । जम्मा संक्रमित मध्ये १ हजार १ सय ८३ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ८ सय २७ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो । शनिबार धादिङका ९ जना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय ५६ पुगेको छ । शनिबार गंगाजमुना गाउँपालिकामा ५, थाक्रे गाउँपालिकामा ७ र रुवीभ्याली गाउँपालिकामा ३६ गरी जिल्लामा ४८ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस