धादिङ बैशाख २५
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरेको छ । गाउँपालिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको र बढ्दो कोराना संक्रमणलाई रोकथाम तथा उपचारको लागि प्रत्येक स्वास्थ्य चौकी र मलेखु सामुदायिक भवनमा अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले एक सूचना जारी गर्दै बताउनु भएको छ ।
साथै गाउँपालिकाले उपचारको लागि अन्यत्र लैजान पर्ने भएमा एम्बुलेन्स र कार्यालयको सवारी साधन समेत तयारी अवस्थामा राखेको सूचनामा उल्लेख गरिएको छ । यदि कसैमा कोरोनाको लक्षण देखिएर उपचारको लागि लैजान परेमा गाउँपालिकाका अध्यक्षको सम्पर्क नम्बर ९५१२२९२२०, प्रमुख प्रशासकीय अधिकृतको ९८४७०३१०१ मा र स्वास्थ्य संयोजक ९८४१५७२७७५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस