धादिङ,२४ बैशाख
धादिङमा शुक्रबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकामा ५९, धुनिबेसी नगरपालिकाका १, गल्छीका १, गजुरीका ५, बेनिघाट रोराङ्गमा २ र थाक्रेमा १ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै धादिङ जिल्ला स्थायी घर भई जिल्ला बाहिर परीक्षण गराएकाहरुमध्ये शुक्रबार ३३ जना संक्रमित पुष्टी भएका हुन् । योसँगै जिल्लाभित्र अहिलेसम्म सक्रिय संक्रमित ४ सय २६ र जिल्ला बाहिर १ सय ८७ गरी धादिङ्ग जिल्लाका सक्रिय संक्रमितको संख्या ६ सय १३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
शुक्रबार जिल्ला अस्पतालमा ९६, गल्छी गाउपालिकामा ९७, गजुरी गाउपालिकामा ७ र नेत्रावती डबजोङ गाउँपालिकामा ५७ गरेर जिल्लाभर २ सय ५७ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस