धादिङ,२३ बैशाख ।
धादिङमा बिहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टिहुनेहरुमा गल्छि गाउँपालिकाका १५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या ५ सय ११ पुगेको छ । संक्रमित मध्ये ३ सय ५८ जना जिल्ला भित्र र १ सय ५३ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । जसअन्तरगत जिल्ला भित्र होम आइसोलेसनमा ३२५ जना, धादिङ्ग अस्पतालको आइसोलेसनमा ३३ जना रहेका छन् भने जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १४६ र अस्पताल आइसोलेसनमा बस्नेको संख्या ७ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
। योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ७६ पुगेको छ । जम्मा संक्रमित मध्ये १ हजार १९९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ७ सय ९४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमणबाट जिल्लाका १८ जनाले ज्यान गुमाएका छन् । जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय ३६ रहेको छ । बिहिबार आज गल्छी गाउपालिकाका ९, गजुरी गाउपालिकाका ८ र रुबिभ्याली गाउपालिकाका ५ गरी जम्मा २२ स्वाब संकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस