धादिङ,२२ बैशाख ।
धादिङमा बुधबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका १० , धुनीबेशी नगरपालिकाका ४, गजुरीका ४, बेनिघाटका २, ज्वालामुखीका ६, गंगाजमुनाका २, थाक्रेका ५, सिद्धलेकका २ र खनियाबासका १ जना र पालिका नखुलेका २ जना गरी जम्मा ३८ जना रहेकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । बुधबार थपिएका संक्रमितहरु थाक्रे गाउँपालिकाका ३ र गंगाजमुना गाउँपालिकाका १ जना गरी ४ जना जिल्ला भित्र परिक्षण र अन्य ३४ जना जिल्ला बाहिर परिक्षण गरिएका हुन । यो सँगै जिल्लामा सक्रिय केशको संख्या ४ सय ८७ पुगेको छ । संक्रमित मध्ये ३ सय ४३ जना जिल्ला भित्र र १ सय ५३ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । जस अन्तरगत जिल्ला भित्र होम आइसोलेसनमा ३ सय १६ जना, धादिङ्ग अस्पतालको आइसोलेसनमा २७ जना रहेका छन् भने जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ४६ र अस्पताल आइसोलेसनमा बस्नेको संख्या ७ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ५३ पुगेको छ । जम्मा संक्रमित मध्ये १ हजार १ सय ८४ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ७ सय ९४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमणबाट गजुरीमा १ जनाको मृत्यु भएसँगै जिल्लाको मृत्यु संख्या १८ पुगेको छ । बुधबार निलकण्ठ नगरपालिकामा ९५ र गल्छी गाउपालिकमा २४ गरि जिल्ला भित्र १ सय १९ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस