धादिङ २२ वैशाख
गाउँपालिकाभित्र कोरोना सङ्क्रमितहरु बढेसँगै गजुरी गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु वैशाख ३१ गतेसम्मका लागि बन्द गरिने भएको छ । वैशाख २३ गते बिहिबारबाट वैशाख ३१ गतेसम्मका लागि अत्यावश्यकीय सेवा बाहेक सम्पूर्ण सेवा पुर्ण रूपमा बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेले एक सूचना जारी गर्दै जानकारी दिनुभएको हो । अत्यावश्यकीय बाहेक गाउँपालिकाभित्रका सबै वडा कार्यालयबाट सञ्चालन हुने सेवाहरु समेत वैशाख ३१ वा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।
विपद् महामारी तथा दुर्घटनासँग सम्बन्धित अत्यावश्यकीय सेवाहरु भने सञ्चालनमा रहने छन् ।
प्रतिक्रिया दिनुहोस