धादिङ २१ वैशाख
धादिङमा मंगलबार थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा निलकण्ठ नगरपालिकामा ६५, धादिङ अस्पतालबाट स्वाव संकलन गराएकाहरुमध्ये ४७, धुनिबेसि नगरपालिकाका २ र बेनिघाट रोराङ्गका १ गरी १ सय १५ र धादिङ स्थायी ठेगाना भई हाल जिल्ला बाहिर रहेका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लाभित्र अहिलेसम्म सक्रिय संक्रमितकोे संख्या ३ सय ३१ र जिल्ला बाहिर १ सय १९ गरी ४ सय ५० पुगेको छ । जिल्ला भित्र होम आइसोलेसनमा ३ सय १० र हस्पिटल आइसोलेसनमा २१ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १ सय १४ र हस्पिटल आइसोलेसनमा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
मंगलबार धादिङ्ग जिल्लामा कोभिडको कारण गजुरीकी एक वृद्धाको मृत्यु भएसँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । मङ्गलबार गल्छी गाउपालिकामा २० वटा एन्टिजेन परीक्षण गरिएकोमा ९ जनाको रिजल्ट पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस