धादिङ २१ वैशाख
कोराना भाइरस कोभिड १९ बाट धादिङ अस्पतालका थप १३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । सोमबार धादिङ अस्पतालद्वारा १०१ जनाको स्वाब संकलन गरी RT-PCR परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, काभ्रे पठाउँदा ४७ जनाको पोजिटिभ आएको र जसमा १३ जना धादिङ अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरु रहेको सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।
योसँगै जिल्ला अस्पतला धादिङका कोभिड १९ बाट संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सङ्ख्या २७ पुगेको छ । अस्पतालका धेरैजसो कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकाले अस्पलताको ओपिडि सेवा समेत अबरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस