धादिङ,२१ बैशाख।
कोरोना भाईरसलाई नियन्त्रण गर्नको लागि अहिले धादिङ लगाएत देशका विभिन्न जिल्लामा निषेधाज्ञ जारी भएको छ । धादिङ जिल्लामा पनि पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै गएपछि आज बिहान ६ बजे देखि बैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञ गरिएको छ । बिहानै देखि धादिङबेशी बजार क्षेत्रको प्रत्येक चोक चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् । सार्वजनिक स्थल लगाएत मानिसहरुको भिडभाड हुने स्थानहरु बन्द गरिएको । बिहानै देखि धादिङबेशीको बजार सुनसान रहेको छ । कोभिड १९ फैलन नदिन गरेको निषेधाज्ञको पूर्ण कार्यान्वयनका लागि कसले के गर्नुपर्छ भनेर हामीले धादिङका केहि नागरिकहरुलाई सोधेका छौ सुनौ उहाँहरुको भनाई ।
प्रतिक्रिया दिनुहोस