धादिङ,२० बैशाख ।
धादिङमा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ६,धुनीबेशी नगरपालिकाका ३ , गल्छी गाउँपालिकाका २ ,ज्वालामुखीकाका १ ,नेत्रावती डवजोङका ७ , थाक्रे र खनियाबास गाउँपालिकाका १÷१ जना गरी कुल २१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । सोमबार थपिएका संक्रमितहरु निलकण्ठका १, धुनिबेसी, गल्छीका २÷२ र नेत्रावतीका ६ जना जिल्ला भित्र परिक्षण र अन्य १० जना जिल्ला बाहिर परिक्षण गरिएका हुन । योसँगै जिल्लामा सक्रिय केशको संख्या ३ सय २६ पुगेको छ । संक्रमित मध्ये २ सय १६ जना जिल्ला भित्र र १ स १० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसअन्तरगत जिल्ला भित्रको होम आइसोलेसनमा १ सय ९८ जना, धादिङ्ग अस्पतालको आइसोलेसनमा १८ जना रहेका छन् भने जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १०५ र अस्पताल आइसोलेसनमा बस्नेको संख्या ५ रहेको छ । योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ८ सय ९० पुगेको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाईसकेका छन् । आज ६ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस