काठमाडौँ २० वैशाख
प्रधानमन्त्री केपि ओलीले राष्ट्रका नाममा संबोधन गर्दै श्रमिकको पारिश्रमिक १५ हजार पु¥याउने घोषणा गरेलगत्तै अखिल नेपाल ट्रेड युनियन महासंघले आपत्ती जनाएको छ । नेपाली श्रमिकहरुको न्यूनतम पारिश्रामिक २५ हजार रुपैयाँ र दैनिक पारिश्रमिक एक हजार रूपैयाँ बनाउन र सोको कार्यान्वायन ऐन अनुसार २०७८ साउनदेखि नै लागु गराउन अखिल नेपाल ट्रेड युनियन महासंघले माग गरेको छ ।
“प्रधानमन्त्रीद्वारा मजदुरको न्यूनतम पारिश्रमिक आगामी आर्थिक वर्षदेखि लागु हुने गरी १५ हजार पु¥याइने भन्ने घोषणाश्रम ऐन–२०७४ विपरीत रहेकाले सस्तो लोकप्रियताका लागि दलाल पूँजिपतिहरुको प्रत्यक्ष प्रभावमा परी १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देशसँगै गरिएको पारिश्रमिक बृद्धि मजदुरको हित प्रतिकुल रहेकाले खेद व्यक्त गर्दछौं”प्रेस विज्ञप्तीमा भनिएको छ ।
महासंघका अध्यक्ष जगत सिंखडाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सरकारकै उदासिनता र अनिच्छाले सरकारी कार्यालयहरुमै कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु आजसम्म सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नसकेको उल्लेख गरिएको छ । यस्तै वर्तमान सरकार दलाल पूँजीपति रोजगारदाताको घेराबन्दीमा रहेकाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रमा पूर्ण कार्यान्वयन गर्न अखिल नेपाल ट्रेड युनियन महासंघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस