धादिङ,१९ बैशाख।
धादिङमा आईतबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ४५ जना, धुनीबेशी नगरपालिकाका ३ जना, गल्छी गाउँपालिकाका २ जना, गंगाजमुना, नेत्रावती डवजोङ, खनियाबासका १÷१ जना, सिद्धलेक र थाक्रे गाउँपालिकाका २÷२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आईतबार थपिएका संक्रमितहरु निलकण्ठ नगरपालिकामा ४६ स्वाब संकलन गरेको मध्य ४२ जनालाई पोजिटिभ आएको र गल्छीमा १ जना गरि आज जिल्ला भित्र ४३ वटा पोजिटिभ केश देखिएको छ भने जिल्ला बाहिरको पोजिटिभको संख्या १४ रहेको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या ३ सय ११ पुगेको छ । संक्रमित मध्ये २०५ जना जिल्ला भित्र र १०६ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । जिल्ला भित्र होम आइसोलेसनमा १८६ जना, धादिङ्ग अस्पतालको आइसोलेसनमा १८ जना र क्ष्ऋग् मा १ जना रहेको छ । त्यसैगरि जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १०१ र अस्पताल आइसोलेसनमा बस्नेको संख्या ५ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या १ हजार ८ सय ६९ पुगेको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस