धादिङ १८ वैशाख
शनिबार धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका ६३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बिहिबार ९५ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसँगै शनिबार धादिङमा कोरोना पुष्टी हुनेको सङ्ख्या ७९ पुगेको छ ।
शनिबार संक्रमण पुष्टी हुनेहरुमा नेत्रावती डबजोङ गाउँपालिकाका ६३, नीलकण्ठ नगरपालिकाका ४, धुनिवेशी नगरपालिकाका २, गजुरीको १, वेनिघाट रोराङका २, त्रिपरासुन्दरीका २, गंगाजमुनाको १, थाक्रेको १, सिद्धलेकको १ र पालिका नखुलेको २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लाभित्र सक्रिय संक्रमितको सङ्ख्या १ सय ६२ र जिल्ला बाहिर ९२ रहेको छ । जिल्लाभित्र होम आइसोलेसनमा ९० जना रहेका छन् । जसमा मलेखु अस्पतालमा १, धादिङ्ग अस्पतालको आइसोलेसन ७ र क्ष्ऋग् मा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस