धादिङ १८ वैशाख ।
धादिङमा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ४ जना, धुनिवेशी नगरपालिकाको २, गजुरीको १, वेनिघाट रोराङको २, त्रिपरासुन्दरीको २, गंगाजमुनाको १, थाक्रेको १, सिद्धलेकको १ र पालिका नखुलेको २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा सक्रिय केश १ सय ९१ पुगेको छ । संक्रमित मध्ये ९९ जना जिल्ला भित्र र ९२ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ७ सय ४९ पुगेको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाईसकेका छन् । शनिबार थप २ संक्रमित निको भएसँगै जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १ हजार ५ सय ३० रहेको छ । जिल्ला भित्र होम आइसोलेसनमा ९० जना रहेको छन् । जसमा मलेखु अस्पतालमा १, धादिङ्ग अस्पतालको आइसोलेसन ७ र क्ष्ऋग् मा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या ८७ र हस्पिटल आइसोलेसनमा बस्नेको संख्या ५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस