धादिङ १७ वैशाख
धादिङमा शुक्रबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका १८ जना, धुनिवेशी नगरपालिकाका ४, गल्छीको ८, गजुरीको ३, बेनिघाट रोराङको ३, ज्वालामुखीको ३, त्रिपुरासुन्दरीको ३ , गंगाजमुनाको १ , नेत्रावतीको १, थाक्रेको ३, खनियावासको १ र सिद्धलेकको २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ सय ७७ पुगेको छ । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ७ सय ३८ पुगेको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाईसकेका छन् । जिल्लामा संक्रमणमूक्त हुनेको सङ्ख्या १ हजार ५ सय २८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस