धादिङ जेष्ठ २१
कुपोषण हुनबाट बचाऔँ बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ मङ्गलबार त्रिपुरा सुन्दरी गाउँ पालिका स्तरीय सिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि पुर्नतार्जगी तालिम सम्पन्न भएको छ । ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्थाका बारेमा लेखाजोखा र पोषण कार्यक्रमलाई कसरी प्रभावकारी ढङ्ले सबै बालबालिकाहरुसम्म पु¥याउने भन्ने विषयमा प्रत्येक स्वास्थ्य चौकी प्रमुख र पोषण कार्यक्रमका स्रोत व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष सम्भु थापाको अध्यक्षता तथा उपाध्यक्ष देवी बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाभित्रका १६ जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
बालबालिकाहरु भविष्यका राष्ट्र निर्माता भएकाले उनीहरुको पोषणको अवस्था सुधार गर्न गाउँ पालिकाले कुनै पनि कञ्जुस्याई नगरी सहयोग गर्ने अध्यक्ष थापाले बताउनु भयो । बालबालिकाहरुको पोषणको अवस्थाको जानकारी, सुधारका उपाय तथा स्वास्थ्यकर्मीहरुमा रहेको पोषण सम्बन्धी ज्ञान र सीपलाई अभिवृद्धि गर्नको लागि तालिमको आयोजना गरिएको गाउँ पालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस